जगरनाथपुर वडा कपः ताम्बाश्री सेमिफाइनलमा

वीरगंज,मंसिर १५ 
वीरगंज–२२ जगरनाथपुरको खेलमैदानमा जारी वडा अध्यक्ष कप नकआउट क्रिकेट प्रतियोगिताको आजको खेलमा वीरगंजको लक्षुमानवाको ताम्बाश्री टिम विजयी भएको छ ।

कालिकामाई क्रिकेट टिमलाई ३७ रनले पराजित गर्दै ताम्बाश्री विजयी भएको आयोजकले जनाएको छ । जगरनाथपुर क्रिकेट टिमको मंसिर २० गते सम्म चल्ने उक्त प्रतियोगितामा आयोजकसंगै अन्य ७ गरी कुल ८ टिमहरुको हसभागिता छ ।

पहिलो सिजन आयोजकले जितेको थियो भने दोस्रो सिजनमा पनि आयोजक एउटा प्रवल दावेदारको रुपमा अघि बढेको छ । आजको खेलमा पहिले ब्याटिङग गरेको ताम्बाश्रीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै कुल १३१ रन बनायो ।

१३२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको कालिकामाई टिमले सबै विकेट गुमाउदै १९.२ ओभर जम्मा ९४ रनमै समेटियो ।

सम्बन्धित पोस्टहरुः