मधेसका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

मधेस , मंसिर – १५

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न आदेश दिएको छ।

सोमबार सर्वोच्चको न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुख्यमन्त्री यादवले निर्धारित समयभित्र विश्वासको मत लिन नसकेमा संविधानको धारा १६८ (२) अनुसार सरकार गठन गर्न परमादेश जारी गर्ने निर्देश दिएको हो।

गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भन्दै ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा अदालतले आजको आदेश सुनाएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः