टिबी शाह ग्राउन्ड मुआब्जा विवाद सुल्झाउन पर्साका प्रजिअ अग्रसर

परवानीपुर,१५ मंसिर
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले नारायणी क्रिकेट मैदान हाल नाम परिवर्तित टिबी शाह क्रिकेट ग्राउन्डको अनुगमन गरेका छन् । क्रिकेट संघ पर्साको आग्रहमा प्रजिअ दहाल र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुङ्गेलको टोली आज विहान मैदानको अनुगमन गरी वस्तुस्थिति बुझेको क्यान पर्साले जनाएको छ ।

करिब दुई दशकदेखि अल्झेको मुआब्जा विवादको बारेमा मुआब्जा बारे प्रतिवेदन माथिल्लो निकायबाट माग भएको सोही क्रममा प्रजिअ दहालको टोली अनुगमान गर्न पुगेको क्यान पर्साका अध्यक्ष मनीष सिंहले जानकारी गराए ।

उनका अनुसार केही महिनाअघि मात्रै मुआब्जाको विषयमा आदालतबाट अन्तिम फैसला आइसेकोले मुआब्जाको बारेमा थप हालको अनुसन्धानमुलक प्रतिवेदन पठाउन राष्ट्रिय खेलकुद परिष्दबाट स्थानीय प्रशासनलाई पत्रचार भएको छ ।

सो अवसरमा राष्ट्रिय खेलकुद विकास समिति नारायणी वीरगंजका कार्यालयका प्रमुख नाजिर हुसैनलगायतको पनि सहभागिता थियो । मुआब्जाको विवाद सस्टेपछि नेपाली र विदेशी दातालाई क्रिकेट ग्राउन्ड र नारायणी रंगशालाको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न बाटो खुल्ने अध्यक्ष सिंहले बताए ।

मुआब्जा आफैमा जटिल प्रकृया भएकोले कानुनी प्रावधानलाई टेकेर जिल्ला प्रशासन कार्यालयबाट करिब डेढ महिनामा फाइल माथिल्लो निकायमा पुग्ने र त्यसपछि पूर्वाधार विकासको लागि योजना अघि बढने बाटो खुल्ने आफु विश्वस्त रहेको उनले बताए ।

सम्बन्धित पोस्टहरुः