वीरगंज , मंसिर – १६
जनकपुर बोल्ट्सले लगातार चार हारपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित दर्ता गरेको छ। चितवन राइनोजको १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
पाकिस्तानी अलराउन्डर माज सदाकतले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए भने अनिल शाहले ३६ बलमा ६१ रन जोडे। माज र अनिलले ७९ रनको साझेदारी गर्दै जितको आधार तयार पारे। अन्त्यमा आदित्य महतले १८ अविजित रन थपे ।
बलिङमा चितवनका सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेले १–१ विकेट लिए। यस जितसँगै जनकपुरले ५ खेलबाट २ अंक जोड्दै प्लेअफको सम्भावना कायम राखेको छ ।









