वीरगंज स्कुल्स कप : बाल एकता र ग्रीन ल्यान्ड फाइनलमा प्रवेश

वीरगंज , मंसिर – १६

भिएस पावरप्ले टि २० चैलेन्ज अन्तर्गत सञ्चालन भइरहेका वीरगंज स्कुल्स कपको पाँचौँ दिन शुक्रबार सेमिफाइनलका दुवै खेल सम्पन्न भएका छन । रोमाञ्चक प्रदर्शनसहित बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२४ रनको स्कोर बनायो । जवाफमा मैदान उत्रिएको विद्या साधन सेकेन्डरी स्कूल १४.३ ओभरमै ४९ रनमा समेटियो । यससँगै बाल एकताले ७५ रनको फराकिलो अन्तरले जीत दर्ता गर्दै उपाधि प्रतिस्पर्धाको यात्रा तय गर्यो । म्यान अफ द म्याच भएका मनिभुषण यादवले ३१ रन लिएका थिए ।

यसैगरी दोस्रो सेमिफाइनलमा साउथ जोन सेकेन्डरी स्कूलले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १०९ रन बनायो । तर लक्ष्य पछ्याउन उत्रिएको ग्रीन ल्यान्ड सेकेन्डरी स्कूलले १९ ओभरमै ७ विकेटको क्षतिमा ११० रन बनाउँदै ३ विकेटको जित हात पार्यो ।

म्यान अफ द म्याच घोसित भएका सोहेब शेख ३१ रनका साथै ३ विकेट लिएका थिए । प्रतियोगिता उत्कर्षमा पुगेसँगै अब उपाधिका लागि बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल भिड्नेछन् । फाइनल खेल भोलि बिहान १० बजे नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा हुने छ ।

सम्बन्धित पोस्टहरुः