search

तीन वर्षदेखि घरबाट भागेकी कबिता घर फर्किइन

पढ्न छुटाउनुभयो ?

वीरगंज,२२ जेठ
प्रस,पर्साको बिन्दबासिनी गाउँपालिका घर भएकी कविता कुमारी हर्जनलाई घर मै बस्न व्यवस्था मिलाइएको पालिका प्रमुख प्रमोद तिवारीले बताए । आज भन्दा ३ वर्ष अघि बुवाआमाले गाली ग्लोग गरी कुटपिट गरेको भन्दै कविता घर छोडेर भागेका थिइन् । बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ झौवा टोलमा जन्मेकी कविता १४ वर्षकी हुँदा घर छोडेर भागेका थिइन् । आमा ललिता देवी , बाबु मिरा माहराकी छोरी कविता महारा हर्जन ३ वर्ष पछि घर फर्किंदा बुवा आमाले विभिन्न बहाना बनाई घरमा बसाउन मानेका थिएन । घरमा बस्न नपाए पछि उनी गाउँपालिकाको कार्यालय बहुवार्व भाठ्ठा पुगी आफ्नो कुरा पालिका प्रमुख तिवारीलाई सुनाएकी थिइन् ।
कुराको जानकारी पाए लगत्तै पालिका प्रमुख तिवारीले इलाका प्रहरी कार्यालय पोखरीया र स्थानिय प्रहरी चौकी अमरपट्टीको सहयोगमा उनको आमाबुवालाई पालिकामा ल्याई सम्झाई बुझाई छोरीलाई उनको जिम्मा लगाई घरमा बस्न व्यवस्था मिलाएका हुन् ।पालिकाकै कार्यालयमा इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसी , प्रहरी चौकी अमरपट्टीका बरिष्ठ सई हरी चौहान , छोराछोरी नेपाल संस्थाका कर्मचारी , पत्रकार लगायतको उपस्थिति उनको परिवारलाई जिम्मा लगाइएको थियो ।
उनी १४ वर्षको उमेरमा घर छोडेर छिमेकी मुलक भारतको गोरखपुरस्थित बालआश्रम पुगिन् त्यहाँ पुगेको ६ महिना बित्न लाग्दा भारतीय संस्था मार्फत नेपालको काठमाडौं स्थित छोराछोरी नेपाल आश्रममा बस्दै आएका थिइन् । घर बस्न व्यवस्था मिलाइएको भन्दै कविताले पालिका प्रमुख तिवारीसहित सहयोगी सम्पूर्ण हातहरुलाई धन्यबाद दिदै खुसी व्यक्त गरेकी छन् ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads