पोखरियामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, ५७ जनामा मोतियाबिन्दु पहिचान

पोखरिया , मंसिर – १७

पर्साको पोखरिया नगरपालिका–५ सतवरिया टोलमा लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी र जोन चेयर पर्सन डा. लक्ष्मी थापाको सहयोगमा सञ्चालन भएको निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

राष्ट्रिय मुक्ति नेपालका सह–महासचिव नेजामुद्दीन शमानी र नेत्री आशा देवीको पहलमा आयोजित शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए ।

जाँचका क्रममा ५७ जनामा मोतियाबिन्दु फेला परेको र उनीहरूको शल्यक्रिया निःशुल्क गरिने लायन्स क्लब बीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेयले जानकारी दिए । उनका अनुसार यस्ता शिविर पोखरिया नगरपालिकाका सबै १० वटै वडामा सञ्चालन गरिनेछ ।

वडा नं. ५ का अध्यक्ष महेन्द्र प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको शिविरमा राष्ट्रिय मुक्ति नेपालका सह–महासचिव नेजामुद्दीन समानी, नेत्री आशा देवी, समाजसेवी मनोज साह कानु, सुनिल साह, गोवर्धन यादव, रहिम मियाँ, कृष्णा पटेललगायतको उपस्थिति थियो ।

सम्बन्धित पोस्टहरुः