search

पर्साको बेलवाको अतिक्रमण हटाइयो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिका वडा नम्बर ३१ बेलवामा पनि ऐलानी जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरू वीरगंज महानगरपालिका हटाएको छ ।
बुधवार ४ कठ्ठा १० धुर ऐलानी जग्गामा अतिक्रमण गरी बनाइएका घरटहरा महानगरको टोलीले डोजरले भत्काएर खाली गराएको हो । पटक पटक अतिक्रमण हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि महानगरको टोली डोजर लगाएर ऐलानी जग्गा अतिक्रमण मुक्त गराएको थियो ।
अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि भुषाललगायतको रोहबरमा अतिक्रमण हटाइएको थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads