वृक्षारोपण अभियानमा भारतीय महावाणिज्य दूतावासको सहभागिता

वीरगंज १८ मंसिर । वीरगंज महानगरपालिकाले बृहत वृक्षारोपण तथा हरियाली संरक्षण अभियान अन्तर्गत ३४औं दिन पनि सीमा क्षेत्रमा वृक्षारोपण तथा सौन्दर्यकरण कार्यक्रम गरेको छ ।
वीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०को संयुक्त सहकार्यमा भइरहेको अभियानमा आज वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलेट मनिष कुमार दासको सहभागितामा वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका थिए।
आज सयौं बिरूवाहरू रोपिएका थिए भने अधिकांश स्थानमा संरक्षणका लागि तारजाली, बाँसको ढाँचा र सिंचाइ व्यवस्था मिलाइएको थियो ।
सम्बन्धित पोस्टहरुः