search

वीरगंज–२२ र २३ को अतिक्रमण हटाएर सडक निर्माण शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ जेठ/ वीरगञ्ज महानगरपालिकाले वडा नम्वर २२ र २३ का विभिन्न स्थानमा सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरेर निर्माण गरेको संरचना शुक्रवार डोजर लगाएर हटाएको छ ।
महानगरले वडा नम्वर २२ जगरनाथपुरमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएको संरचना हटाउँदै हटाइएको जग्गामा सडक निर्माणको कार्य अघि बढाएको छ । सडकको जग्गा मिचेर बनाएको संरचना हटाउँदै सडक फराकिलो बनाइएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताउनुभयो ।
यस्तै आजै वडा नम्वर २३ सबैठवामा पनि अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाइएको छ ।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा अहिले ३२ वटै वडामा सार्वजनिक ऐलानी जग्गा खोजी तथा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने अभियान नै चलेको छ । सोही अनुसार आज एकै दिन २ वटा वडामा अतिक्रण गरेर निर्माण गरिएको संरचना हटाइएको हो ।
अतिक्रमण हटाउन नापजाँच गरेर पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि शुक्रवार महानगरको टोलीले आफैं डोजर लगाएर अतिक्रमण हटाएको हो । अतिक्रमण हटाउन महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads