विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा तोड्यो

वीरगंज , मंसिर – २०

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रा तोड्यो। सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्योड।

ओपनर फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकले टीमलाई सशक्त सुरुवात दिलायो। दुबैले पावरप्लेमा ८७ रनको साझेदारी गरे। डु प्लेसीले १९ बलमा ५० रन बनाएका थिए भने हिजलेटले २७ बलमा ५१ रन जोड्दै आउट भए। वान डाउनमा मार्टिन गप्टिलले ९ बलमा २२ रनको योगदान दिए।

सुदूरपश्चिमका लागि आरिफ शेखले ४५ रन, इशान पाण्डेले ३८ रन बनाए। बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए।

यस जितसँगै विराटनगरले ७ खेलमा ५ जित र १० अंकसहित अंकतालिकामा दोस्रो स्थान हासिल गर्योप। सुदूरपश्चिमले ६ खेलमा ६ जितसहित शीर्ष स्थान सुरक्षित गरेको छ। दुवै टोली अब पहिलो क्वालिफायरमा भिड्ने निश्चित भएको छ।

सम्बन्धित पोस्टहरुः