वीरगंज , मंसिर – २०
पर्साको पोखरिया नगरपालिका–६ शिर्षिया टोलमा लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटि र जोन चेयर डा. लक्ष्मी थापाको सहयोगमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
राष्ट्रिय मुक्ति नेपालका सह-महासचिव नेजामुद्दीन शमानी र आशा देवीको पहलमा आयोजित स्वास्थ्य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूले आँखा जाँच र परामर्श प्रदान गरेका थिए ।
जाँचका क्रममा ७६ जनामा मोतियाबिन्दु फेला परेकोले उनीहरूको निःशुल्क शल्यक्रिया गरिने जानकारी नेता समानीले बताए । शिविर पोखरिया नगरपालिकाका सबै वडामा आयोजना उनले बताए ।








