रास्वपा पर्साद्वारा RAT TEAM  गठन 

1200x150_1200x150-01.jpg (1)

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्ला स्तरिय RAT (rapid action Team) गठन गरेको छ । रास्वपाले शनिवार कन्ट्री इन होटेलको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पर्सा जिल्ला र्याट समिति गठन गरेको हो ।
कृष्णानन्द ओझाको नेतृत्वमा बनेको २२ सदस्यीय उक्त समितिको उपप्रमुखमा शिवराज पटेल, सचिवमा रोहन कुमार साह तेली,  सहसचिवमा सुनिल पटेल र विक्की कुमार ओझा  रहेका छन ।

त्यसैगरी सदस्यहरूमा प्रियान्सु कुमार साह, मुन्ना ठाकुर, श्रवण पटेल, योग कुमार राय, अर्जुन सरार्पm, सन्तोष पटेल, अरविन्द कुमार गुप्ता, अब्बास आलम, राहुल चौबे, सनोज कुमार गुप्ता, सुनिल राउत, कुन्दन पासवान, दिनेश हजरा, दिलीप पासवान र सुदन हजरा रहेका छन् ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै रास्वपा पर्सा सभापति हरी पन्तले र्याट पार्टीको महत्वपूर्ण अंग नै भएकोले अनुशासित भएर आम जनताको सुखदुखमा सरिक हुन अनुरोध गरे । उनले आसन्न निर्वाचनमा र्याटले रचनात्मक र महŒवपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा पनि जोड दिए ।

जिल्ला सहसचिव कृष्ण पासवानले सहजीकरण गरेका उक्त कार्यक्रममा क्षेत्रीय सभापति जीतेन्द्र मिश्र,फैयाद मियाँ राम आर्या र मनोज कुमार कुर्मी, पुर्ण सापकोटा लगायतले मन्तब्य राखेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको दैवीप्रकोप, निर्वाचन जस्ता विषेश विषेश परिस्थिती पार्टीको र्याट कमिटीलाई परिचालन गर्ने नीति रहेको छ ।

सम्बन्धित पोस्टहरुः