पोखरियामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

पोखरिया नगरपालिका–६ शिर्षिया टोलमा आज, लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी र जोन चेयर परशन डा. लक्ष्मी थापाको सहयोगमा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

स्थानीय नेता एवं समाजसेवी नेजामुद्दीन शमानी र आशा देवीको पहलमा आयोजित स्वास्थ्य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले सहभागीहरूका आँखाको जाँच तथा परामर्श प्रदान गरेको थियो।

शिविरमा ७६ जनामा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबैको निःशुल्क शल्यक्रिया गरिने भएको छ। आगामी दिनमा यो शिविर पोखरिया नगरपालिकाका दशैँ वटै वार्डमा सञ्चालन गरिने लायन्स क्लब बीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेयले जानकारी दिनुभयो।

शिविर समाजसेवी पसुराम पासवानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका सह-महासचिव नेजामुद्दीन शमानी, नेपाली काँग्रेसकी नेतृ आशा देवी, प्रभु अस्पतालका डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, समाजसेवी मनोज कुमार चौहान, नन्दकिशोर चौहान लगायत अन्य सम्माननीय व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरुः