समाचार वाचन प्रतियोगितामा माधव तिमिल्सिना प्रथम

वीरगंज २१ मंसिर ।
नारायणी एफएमको २०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको समाचार वाचन प्रतियोगितामा माधव तिमल्सिनाले पहिलो स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा लक्ष्मी खरेल द्वितीय र सुर्यनारायण विक तृतीय घोषित भएको नारायणी एफएमले जनाएको छ । प्रथम हुने तिमल्सिनाले नगद २० हजार, खरेलले १५ हजार तथा विकले १० हजार रुपियाँँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
उत्कृष्ट प्रदर्शनका आधारमा सुरेश बिडारी, बिमला गुप्ता र आर्जु देवकोटालाई जनही ५–५ हजार रुपियाँँको सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
एफएमका कार्यकारिणी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको २०औं वार्षिकोत्सव समारोहमा वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंह, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका लेखा समिति संयोजक केसी लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्सा प्रहरी प्रमुख सुदिपराज पाठक, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरुः