मधेश , मंसिर – २३
मधेश प्रदेशमा गठन भएको नयाँ सरकारको विश्वासको मत कहिले हुने भन्ने प्रश्न अझै खुला छ। मुख्यमन्त्री कृष्णा यादवका अनुसार सत्तारुढ गठबन्धनभित्र आवश्यक राजनीतिक समन्वय नटुंगिँदा विश्वासको मतको मिति घोषणा हुन नसकेको हो ।
मुख्यमन्त्री यादवले गठबन्धन दलहरूबीच छलफल जारी रहेको उल्लेख गर्दै संविधानले तोकेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएकाले समयसीमा भित्रै प्रक्रिया सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनका शब्दमा, “कुनै हतारो छैन, सत्तारुढ दलबीच समन्वय गरेरै मिति टुंगिन्छ।”
गत शुक्रबार शपथग्रहण गरेका यादवले सानो आकारको मन्त्रिमण्डल विस्तार गर्दै सरकार संचालन शुरू गरिसकेका छन्। नेपाली कांग्रेसको नेतृत्वमा ६ दलको समर्थनमा नयाँ गठबन्धन बनेपछि मधेसमा नयाँ सत्ता समीकरण तयार भएको हो।
यता, विश्वासको मतका लागि आवश्यक राजनीतिक कुरा–कानुनलाई अन्तिम रूप दिन गठबन्धनभित्र छलफल तीव्र पारिएको छ ।









