फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगरबीच निर्णायक भिडन्त हुदै

वीरगंज , मंसिर – २५

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स आमनेसामने हुने भएका छन्।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायरमार्फत फाइनलमा प्रवेश गर्ने अन्तिम मौका पाएको हो।

यस्तै लुम्बिनी लायन्सले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। लिग चरणमा पनि लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो, जसले आजको खेललाई अझ प्रतिस्पर्धात्मक बनाएको छ।

फाइनलको एक मात्र टिकटका लागि दुवै टोली उच्च दाबमा मैदान उत्रनेछन्। आज जित्ने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग मङ्सिर २७ गते हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

दुवै पक्षका लागि आजको भिडन्त निर्णायक र समान रूपमा महत्वपूर्ण रहेको छ।

सम्बन्धित पोस्टहरुः