वीरगंज , मंसिर – २५
पर्सा प्रहरीले करिब दुई दशकदेखि फरार रहँदै आएका ‘जीउ मास्ने बेच्ने’ मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति वीरगंज महानगरपालिका–१९ का ४५ वर्षीय सुरेश प्रसाद कलवार रहेका छन् ।
२०७२ चैत १७ गते साविक विन्दवासिनी गाविस–६ बस्ने बृजेश प्रसाद कलवारको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मानव बेचबिखनसम्बन्धी मुद्दामा सुरेश कलवार घटनापछि फरार भएका थिए । उनीमाथि युवतीलाई ललाइफकाई विदेशी भूमिमा बेचबिखन गर्न खोजेको आरोप छ ।
फरार कलवारलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले हिजो आइतबार वीरगन्ज महानगरपालिका–९ स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक तथा पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका कलवारमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान जारी छ ।









