वीरगंज , मंसिर – २५
पोखरिया नगरपालिका–१ बनकटवा टोलमा सम्पन्न निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी तथा जोन चेयरपर्सन डा. लक्ष्मी थापाको सहयोगमा शिविरको आयोजना गरिएको हो ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका सह–महासचिव नेजामुद्दीन शमानी र नेपाली कांग्रेस नेतृ आशा देवीको पहलमा आयोजित शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए ।
परीक्षणका क्रममा ५९ जनामा मोतियाबिन्दु पत्ता लागेको र ती सबै बिरामीको शल्यक्रिया पूर्ण रूपमा निःशुल्क गरिने लायन्स क्लब परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेयले जानकारी दिए । उनका अनुसार पोखरिया नगरपालिकाका सबै १० वडामा यस्तै सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।









