वीरगंज , मंसिर – २५
७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एमनेस्टी इन्टरनेशनल नेपाल, समूह–१६ बिरगंजले घन्टाघर क्षेत्रमा दीप प्रज्वलन गरेको छ । मानव अधिकारको संवर्द्धन तथा संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा स्थानीय समुदाय, अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
समूह–१६ का अध्यक्ष रजनीश झालेको अध्यक्षतामा सम्पन्न भएको दीप प्रज्वलन कार्यक्रममा राजेश जैन बोथारा, सुरेश पारीक, सञ्जय कुशवाहा, सचिव सुनिल महतो, अरुण झा, कोषाध्यक्ष मनु यादव, जगत नारायण सिंह, विनीत जैसवाललगायतको उपस्थिति थियो ।
यसैबिच एमनेस्टी इन्टरनेशनलले मानव अधिकार शिक्षा प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरेको छ । प्रशिक्षणमा प्रशिक्षकहरु रजनीश झा र शम्भुजीले मानव अधिकारका आधारभूत सिद्धान्त, दायित्व, समसामयिक चुनौति तथा स्थानीयस्तरमा अधिकार संरक्षणका प्रभावकारी उपायहरूबारे विस्तृत प्रशिक्षण प्रदान गरेका थिए ।









