बारामा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, अर्का घाइते

वीरगंज , मंसिर – २५

बाराको नितनपुर चोकमा बुधबार राति करिब ९ बजेतिर भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–०२७प ३७८४ नम्बरको अपाची मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा जितपुर–सिमरा उपमहानगरपालिका बकुलिया बस्ने २५ वर्षीय विनय चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार राकेश पासवान घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासीले दुवैलाई अस्पताल पुर्यााएका थिए । अस्पतालमा चौधरीलाई मृत घोषणा गरिएको छ भने पासवानको उपचार जारी रहेको जानकारी दिइएको छ ।

सम्बन्धित पोस्टहरुः