जसपा पर्साबाट चारै क्षेत्रमा एकल उम्मेदवार सिफारिस

वीरगंंज , मंसिर – २५

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पर्साले फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारको सूची सिफारिस गरेको छ। पर्सा अध्यक्ष सिहांसन साहको अध्यक्षता र सह–महासचिव प्रदीप यादवको विशेष उपस्थितिमा वीरगंजस्थित पुजन होटलमा बसेको बैठकले चारै निर्वाचन क्षेत्रका प्रत्यक्ष तर्फ एक–एक जनाको नाम टुंग्याएको हो।

प्रत्यक्ष तर्फ पर्सा–१ बाट प्रदीप यादव, पर्सा–२ बाट प्रेवबाबु पटेल, पर्सा–३ बाट जनार्धन प्रसाद यादव र पर्सा–४ बाट तवरेज अहमदको नाम सिफारिस गरिएको छ। एकल नाम सिफारिस भएकाले यी सबै उम्मेदवारको टिकट निश्चितजस्तै रहेको स्थानीय नेताहरूले बताएका छन्।

समानुपातिकतर्फ पर्सा–१ मा ६ जनाको नाम सिफारिस गरिएको छ । जसपा पर्साका अनुसार नेकमहमद अन्सारी, नुर आलम अन्सारी, उमेशलाल साहनी, पवन पञ्जियार, कम्मु मानान्धर र रबैदा खातुनको नाम सिफारिस भएको हो ।

पर्सा–२ मा नागेन्द्र यादव, हरेन्द्र चौरसिया र बैजन्ती माला गरी ३ जनाको नाम सिफारिस भएको छ।

पर्सा–३ मा समानुपातिक तर्फ सलमा खातुन र पर्सा–४ मा रम्बा यादवको एकल नाम सिफारिस गरिएको जसपा पर्साले जनाएको छ।

पार्टीका अनुसार सिफारिस सूची केन्द्रीय कार्यालयमा पठाइएको छ र अन्तिम निर्णय छिट्टै हुने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः