जसपा, पर्साको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सर्वसम्मत सिफारिस

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साको बिहीवार बसेको जिल्ला समितिको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका ४ वटै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवको एकल नाम सिफारिस गरेको छ ।
यस्तै पर्सा क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फको उम्मेदवारमा नेक महमद अन्सारी, उमेशलाल सहनी, नूर आलम अन्सारी, पवन पञ्जियार, कुमु मानन्धर र रूबैदा खातुनको नाम सिफारिस गरिएको छ ।

जसपाले पर्सा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा पनि प्रेमबाबु पटेलको एकल नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्पmको उम्मेदवारमा नागेन्द्र यादव, हरेन्द्र चौरसिया र बैजन्ती मालाको नाम सिफारिस गरिएको जसपाका वीरगंज महानगर समिति अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए ।
यसैगरि पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्पmको उम्मेदवारमा जनार्दन प्रसाद यादवको एकल नाम सिफारिस गरिएको छ । उक्त क्षेत्रबाट समानुपातिकतर्पmपनि सलमा खातुनको नाम एकल सिफारिस गरिएको यादवले जानकारी दिए ।

यस्तै यसैगरि पर्सा क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्पmको उम्मेदवारमा तबरेज अहमदको पनि एकल नाम सिफारिस गरिएको छ । उक्त क्षेत्रबाट समानुपातिकतर्पmपनि रम्भा यादवको नाम एकल सिफारिस गरिएको यादवले जानकारी दिए ।

जसपा पर्साका अध्यक्ष सिंहासन सा कलवारको अध्यक्षता तथा पूर्वमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यता र वीरगंज महानगरका मेयर तथा पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहको उपस्थितिमा बसेको बैठकमा केन्द्रिय सदस्य पुरूषोत्तमलाल झा, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी लगायतको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः