७६ हजार १७० पिस ट्रामाडोल क्याप्सुलसहित चार जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २५ मंसिर ।  लागू औषध ट्रामाडोल ७६ हजार १७० पिस क्याप्सुलसहित चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी गराएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरले मंसिर २३ गते वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमाचोकस्थित टिकट काट्ने काउन्टर अगाडि रोकिएको बाग्मति प्रदेश ०८–००१ ज ०११७ नम्बरको इभी गाडीको जाँच गर्दा सुटकेशभित्र लुकाइ छिपाइ राखिएको लागु औषध ट्रमाडोल हाइड्रोक्लोराइड क्याम्प्सुल आइपी ६०५३० पिस क्याप्सुल सहित सुटकेश बोक्ने दुई जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान पश्चात वीरगंज २४ रामगढवामा डेरा कोठा भाडामा लिइ बस्ने र लागु औषध ट्रमाडोल लुकाइ छिपाइ राखिएको अवस्थाबाट १ कार्टुनभित्र १५६४० पिस बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा बस्ने वर्ष २० को यूवराज पटेल, वर्ष २१ को अफजल देवान, जिल्ला धादिङ बेनिघाट रोराङ गाउँँपालिका वडा नं. ६ बस्ने वर्ष १९ को रामहरि मगर, सिदलेख गाउँँपालिका वडा नं. ७ बस्ने वर्ष १९ को राजकुमार मगरातीलाई लागूऔषधसहित पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक राजु कार्कीले जानकारी गराएका छन् ।

सम्बन्धित पोस्टहरुः