वीरगंज, २६ मंसिर । समाचार संकलनको क्रममा जीराभवानी गाउँपालिका पुगेका पत्रकार शैलेश गुप्तामाथि त्यहाँका केही कर्मचारीले दुव्र्यवहार गरेको भन्दै प्रेस चौतारी नेपाल पर्साले विज्ञप्ति जारी गरी आपत्ति प्रकट गरेको छ ।
प्रेस चौतारी नेपाल पर्साका सदस्य तथा फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक शैलेश गुप्तामाथि जीराभवानी गाउँपालिकाका कर्मचारी इन्द्रजीत हजरा, नायब सुब्बा प्रशासन शाखा प्रमुख जितेन्द्र मिश्रालगायतले पत्रकार शैलेश गुप्तालाई अपशब्द प्रयोग गरी मोबाइल फोन खोस्ने र हातपात समेतको प्रयास गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष्F निरन्जन मिश्रले जीराभवानी गाउँपालिकाको सिसिटिभी फुटेज छानबिन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसंग माग गरेका छन् । उनले पत्रकार गुप्तामाथि दुव्र्यवहार गर्ने कर्मचारीहरुलाई प्रचलित कानून बमोजिम कारबाही गर्न माग गरेका छन् ।
सम्बन्धित निकायले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही नगरिए प्रेस चौतारी नेपाल पर्सा आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।







