वीरगंज, मंसिर २४
करिब १९ वर्षदेखि फरार कर्तव्यज्यान मुद्दाका आरोपी बहुदरमाई नगरपालिका–२ का ५४ वर्षीय बिनोद पटेल (बिनोद प्रसाद कुर्मी) पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पटेलले १९ वर्षअघि २३ वर्षीय सूरेश उर्फ रामप्रसाद पटेललाई सिरिसिया नदीतटमा कुटपिट गरी हत्या गरेको आरोप छ। उनी घटनापछि फरार रहेका थिए ।
फरार सूचीमा रहेर बितेका वर्षहरूदेखि लुकीछिपी बस्दै आएका पटेललाई प्रहरीले वीरगंज महानगरपालिका–२१ स्थित सडकखण्डबाट पक्राउ गरेको हो ।
पर्सा प्रहरी कार्यालयका अनुसार उनलाई जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरी कर्तव्यज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ ।







