वीरगंज, मंसिर २६
विकेश साह नेतृत्वको कमन जेनजी समूहले वीरगंजमा खबरदारी र्यााली सम्पन्न गरेको छ। लालबंगलाबाट सुरु गरिएको र्याेली घण्टाघर चोक हुँदै विभिन्न स्थानको परिक्रमा गरेर पुनः घण्टाघरमै आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै साहले वर्तमान सरकारले जेनजी पुस्तासँग धोका गरेको आरोप लगाए। उनले सुशीलाकुमारी कार्की नेतृत्वको सरकार हटाउनैपर्ने आवश्यकता रहेको दाबी गर्दै जेनजी आन्दोलन कुनै चुनावी उद्देश्यका लागि नभएको स्पष्ट पारे ।
त्यसैगरी, डा. निकोलस भुसालले सुशिला सरकार भ्रष्टाचार तथा आपराधिक समूहसँग डराएको आरोप लगाए। र्याैलीमा सहभागीहरूले पनि वर्तमान सरकार र प्रहरी प्रशासनप्रति कडा असन्तुष्टि व्यक्त गरेका थिए ।







