एमालेको विधान फेरि संशोधन, पदाधिकारी संख्या १९ पुर्यायइयो

वीरगंज , मंसिर – २८

नेकपा एमालेले विधान फेरि संशोधन गरेको छ। ११औँ महाधिवेशनको बन्दसत्रअघि भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पदाधिकारी संख्या बढाएर १९ पुर्याोउने निर्णय गरेको हो ।

यसअघि भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या १५ मा झार्दै वरिष्ठ उपाध्यक्ष पद हटाएको थियो। तर पछिल्लो निर्णयसँगै वरिष्ठ उपाध्यक्ष पद पुनः कायम गरिएको छ। नयाँ संरचनाअनुसार ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव रहनेछन् ।

स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार संशोधित विधानअनुसार स्थायी कमिटी ४५ सदस्यीय, पोलिटब्युरो ९९ सदस्यीय र केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइनेछ ।

सम्बन्धित पोस्टहरुः