वीरगंज , पुष – २
वीरगंज – सुनिता स्यान्वोको न्यायको माग गर्दै वीरगंजमा आज प्रदर्शन भएको छ । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ की स्यान्वोको न्यायका लागी पर्सागढी बासि आज बुधबार वीरगंजमा प्रदर्शन गरेका हुन् ।
पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक सहितका आएका नगरबासीहरु सुनिताको न्यायको माग गर्दै जिल्ला प्रसाशन कार्यालय पर्साको ध्यानाकर्षण गराएका छन भने अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा बार्ता गरिरहेका छन ।
गत मंसिर २८ गते वीरगंज १० स्थित पुरानो बसपार्क पछाडी रहेको त्रिशला रेस्टुराँमा कार्यरत २० वर्षीया सुनिता स्यान्बोको शव झुन्दिएको अवस्थामा फेला परेको थियो ।
उनी रेस्टुराँसँगै जोडिएको मारवाडी सेवा सङ्घद्वारा सञ्चालित धर्मशालाको कोठा नम्बर १०५ मा झुन्डिएको अवस्थामा फेला परेको थियो ।















