वीरगंज , पुष – २
पर्सा प्रहरीले मंसिर महिनाको सुरुवातदेखि हालसम्मको बेपत्ता व्यक्तिहरूको तथ्यांक सार्वजनिक गरेको छ। विवरणअनुसार गत एक महिनामा कुल ३४ व्यक्ति बेपत्ता भएका छन्, जसमा २० जना अझै सम्पर्कविहीन रहेका छन् ।
प्रहरीका अनुसार फेला परेका १४ जनामध्ये ४ जना महिला, ६ जना बालिका र ४ जना बालक रहेका छन्। तर अझै २० जना व्यक्ति सम्पर्कविहीन छन्, जसमा ९ जना महिला, ९ जना बालिका र २ जना बालक रहेका छन्। कुल ३४ बेपत्ता व्यक्तिमध्ये २८ जना महिला र बालिका रहेको तथ्यांकले पर्सामा महिला र बालिकाको सुरक्षा चुनौतीपूर्ण अवस्थामा रहेको देखाउँछ ।
पर्सा प्रहरीले स्थानीय समुदायलाई सतर्क रहन आग्रह गर्दै बेपत्ता व्यक्तिहरूको खोजी र पहिचानका लागि थप प्रयास गर्ने जनाएको छ ।















