नेपाल कांग्रेस, पर्साद्वारा ४३ जनाको नाम सिफारिस

वीरगंज, २ पुस ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक प्रणाली र राष्ट्रियसभा सदस्यका लागि गरी ४३ जनाको नाम सिफारिस गरेको जनाएको छ।

बुधवार वीरगंज महानगरपालिका–२४ रामगढवास्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमिति बैठकले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रीय समितिबाट प्राप्त सिफारिसलाई सर्वसम्मत रूपमा पारित गर्दै केन्द्रिय कार्यालयमा पठाउने निर्णय गरेको हो ।

नेका पर्सा सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ११ जना, समानुपातिकतर्फ २१ जना तथा राष्ट्रिय सभातर्फ ११ जनाको नाम सिफारिस गरेका हुन् ।

नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेका अनुसार पर्सा निर्वाचन क्षेत्र नं. १ र ४ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ एक–एक जनाको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ ३ जना पुरूष र २ जना महिला गरी ५ जनाको नाम सिफारिस गरिएको छ भने निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रिय सदस्य अनिलकुमार रूङटा र निर्वाचन क्षेत्र नं. ४ बाट केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रमेश रिजाल, निर्वाचन क्षेत्र नं. २ बाट केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अजयकुमार चौरसिया, पूर्व जिल्ला सभापति राजेन्द्रबहादुर अमात्य, मदनप्रसाद यादव तथा महिलातर्फ सबनम खातुन र लालकुमारी रामको नाम सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्र नं. ३ बाट पूर्वमन्त्री सुरेन्द्र चौधरी, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, शम्भु चौहान, भगवती चौधरी र असर्फी साहको नाम सिफारिस गरिएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो।

समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं. १ बाट ईश्वरभक्त श्रेष्ठ, राजकृष्ण अमात्य, राधेश्याम चौरसिया, किरण सरकार र बुलेन रामको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र नं. २ बाट गम्भीरा साह तेली र राजनाथ ठाकुर तथा महिला तर्पm रिता देवी गुप्ता, जुनमाया बल, विद्या श्रेष्ठ, रूपा देवी श्रेष्ठ र उत्तमा प्याकुरेलको नाम सिफारिस गरिएको छ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ बाट धुर्व कुशवाहा, मकेशप्रसाद कुर्मी, मनोज यादव, योगेश यादव, पंचम गौरो र मिना पाण्डे तथा निर्वाचन क्षेत्र नं. ४ बाट वृहस्पति कृष्ण श्रेष्ठ र सुजाता देवीको नाम समानुपातिकतर्पm सिफारिस गरिएको छ।

राष्ट्रिय सभा सदस्यतर्पm निर्वाचन क्षेत्र नं. १ बाट शम्भु हजारा दुसाद र अनामिका कुमारी यादव, निर्वाचन क्षेत्र नं. २ बाट राकेश सिंह, श्यामकुमार पोखरेल, कनैयालाल बनिया, संजय पासवान, प्रेमचन्द्र दुबे र सुखल हजारा, निर्वाचन क्षेत्र नं. ३ बाट लालन द्विवेदी र सिन्धु महतो तथा निर्वाचन क्षेत्र नं. ४ बाट रमेश पाण्डेको नाम सिफारिस गरिएको छ।

बैठकले निर्वाचन क्षेत्र नं. २ का राकेश यादवले आफूलाई सिफारिस सूचीबाट छुटाइएको भन्दै दिएको निवेदनमाथि समेत छलफल गरेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो। क्षेत्रीय समितिले प्रत्यक्षतर्पm नाम सिफारिस गरे पनि अन्तिम सूचीमा नसमावेश भएपछि यादवले निवेदन दर्ता गराएको उहाँले बताउनुभयो।

बैठकमा पार्टीका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री रमेश रिजाल, अजयकुमार चौरसिया, केन्द्रिय सदस्य अनिल रूङटा, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरुः