मधेश प्रदेश सभामा पुष ६ गते नयाँ सभामुख चयन हुने

वीरगंज , पुष – २

मधेश प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ। उपसभामुख बबिता राउतले प्रदेशसभा बैठकमार्फत सभामुख चयन प्रक्रिया सञ्चालन गरिने जानकारी दिएकी छन् ।

उनका अनुसार सभामुख चयनका लागि आवश्यक निर्वाचनसम्बन्धी प्रक्रिया सूचना प्रकाशित गरी सार्वजनिक गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइएको छ ।

यसअघि बुधबार नै प्रक्रिया अघि बढाउने भनिएको थियो, तर नेकपा (एमाले) को ११ औँ महाधिवेशनका कारण स्थगित गरिएको थियो । एमालेका प्रदेशसभा सदस्यहरू महाधिवेशनमा व्यस्त रहेका कारण प्रक्रिया केही समयका लागि ढिलाइ भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

पुस ६ गतेको बैठकबाट मधेस प्रदेशसभाले नयाँ सभामुख पाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित पोस्टहरुः