वीरगंज , पुष – ३
वीरगंज स्थित गहवामाई मन्दिर परिसरको सौन्दर्यकरण पून पहिलाकै अवस्थामा फर्किन लागेको छ । गत भदौ २३/२४ गतेको नवयुवा आन्दोलन ( जेनजी आन्दोलन ) का क्रममा मन्दिर परिसरमा लगाईएको छेकबार तोडफोड पछी परिसर अस्तव्यस्त बनेको थियो ।
तोडफोडका कारण मन्दिर क्षेत्रको सुरक्षा, सौन्दर्य र आवागमन व्यवस्थापनमा समस्या देखिएपछि वीरगंज महानगरपालिकाले पुनः व्यवस्थापनको काम अघि बढाएको छ ।
गहवामाई मन्दिर वीरगंजको प्रमुख धार्मिक आस्थाको केन्द्र भएकाले यसको संरक्षण, सुरक्षा र सौन्दर्य कायम राख्नु आवश्यक रहेको पून सौन्दर्यकरण गर्न लागीएको जनाईएको हो ।













