वीरगंज, ३ पुस । प्याब्सन वीरगंजको आयोजनामा दोस्रो संस्करणको ‘प्याब्सन गल्र्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ अन्तर्गत बिहीवार चारवटा खेल सम्पन्न भएका छन् ।
वीरगंजस्थित आदर्शनगर रङ्गशालामा भएको ८ ओभरको पहिलो खेलमा लिटल फ्लावर स्कूलले गोल्डेन फ्युचर स्कूललाई पराजित गरेको थियो । २३ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले २५ रन बनाउँदै विजय हासिल ग¥यो ।
दोस्रो खेलमा विकन स्कूलले दिएको ४९ रनको लक्ष्य सेन्ट जेभियर विद्यालयले ५० रन बनाएर पूरा गर्दै जित निकालेको छ।
तेस्रो खेलमा नवदीप स्कूलले दिएको ३८ रनको लक्ष्य ज्ञान वाटिकाले सफलतापूर्वक पछ्याउँदै जीत हात पा¥यो।
अन्तिम खेलमा कालिकामाई स्कूलले चिल्ड्रेन वल्र्डलाई पराजित गरेको छ।







