वीरगंज , पुष – ४
लागू औषधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल (सुन्धारा) काठमाडौँमा राखिएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरी चौकी बारागढीबाट खटिएको टोलीले खोजतलासका क्रममा विहिबार करैयामाई गाउँपालिका–७ पिपरा क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरू भदौ २४ गते कारागार तोडी फरार भएका थिए ।
पक्राउ पर्नेमा २९ वर्षीय विवेक चौधरी र २३ वर्षीय कृष्णा चौधरी रहेका छन्। दुवै जना लागू औषध मुद्दामा पुर्पक्षमा रहेका प्रतिवादी हुन् । पक्राउपछि उनीहरूलाई कारागार कार्यालय वीरगञ्ज, पर्सामा बुझाइएको जिल्ला प्रहरीले जनाएको छ।















