वीरगंज ४ पुस । प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्ट आदर्शनगरको आठौ वार्षिकोत्सवको अवसरमा तथा नेपाल औषधि व्यवसायी संघको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ४ महिला सहित ६९ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरूमा सलोनी गुप्ता, विभ्या पाल, विजय चौधरी, नरेश पाल, महेश्वर पाण्डेय, आयुष चौधरी, रोहित पटेल, उमेश चौधरी, रोहित पासवान, बृजपाल चौधरी, आलोक नारायण पाण्डे, दामोदर पण्डित, जितेन्द्र पाण्डे, सत्यम कर्ण, अरूण चौधरी, बन्धन साहलगायत छन् ।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता, रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक मनिष साह, नितेश यादव, बिबेक कुमारलगायतको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको थियो।
ट्रस्टकी अध्यक्ष पुष्पा देवी खण्डेलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोक कुमार टेमानी, औषधि व्यवस्था विभाग, वीरगंज शाखाका प्रमुख शम्भु साह लगायतको सहभागिता थियो ।















