वीरगंज , पुष – ५
नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव नै मुलुकको निकास भएको भन्दै त्यसलाई बिथोल्ने काम नगर्न सबै पक्षलाई चेतावनी दिएका छन ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नागरिक र राजनीतिक दल दुवै चुनावको तयारीमा जुटिरहेको बताए ।
कांग्रेसले चुनावमा जाने निर्णय गरिसकेको उल्लेख गर्दै प्रचण्डले एमालेले पनि दोहोरो चरित्र नदेखाई चुनावी प्रक्रियालाई अघि बढाउन आग्रह गरे ।
सभामा नेकपाका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाम गठबन्धन इमानदार रूपमा अघि बढिरहेको दाबी गरे ।















