search

श्रीसिया मौजेटोलाको पुल अधूरो

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ जेठ/
वीरगंज महानगर–२५ श्रीसियाको मौजेटोलको निर्माणाधीन पुल अहिलेसम्म पूरा भएको छैन।
ठेकेदारले काम नगर्दा पुल निर्माणको काम पूरा हुन नसकेको वीरगंज–२५ श्रीसियाका वडाध्यक्ष आशुतोष चतुर्वेदीले आरोप लगाए। यता ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्शनका सुमीत रौनियारले वडाध्यक्षको कमी कमजोरीको कारण पुल निर्माणमा ढिलाइ भएको जवाफ दिए।

विजय सरावगीको पालामा वीरगंज मनपाको १७ वटा प्याकेजमा १७ किलोमिटर सडक निर्माण गर्ने योजना अन्तर्गत करीब पाँच वर्ष अगाडि ती योजनाहरू शुरू भएका थिए। विजय सरावगीको कार्यकाल सकेर नगरप्रमुख राजेशमान सिंहको एक वर्ष कार्यकाल बितिसक्दा पनि ड्राइपोर्टको लक्ष्मी आयलदेखि ठाकुरराम बहुमुखी क्याम्पस जोड्ने श्रीसिया पुल सडकखण्ड अन्तर्गत मौजे टोलामा निर्माणाधीन पुल अधूरो रहँदा सो भेगबाट आवागमन गर्ने सर्वसाधारणलाई मारमा पर्ने गरेका छन्।

तीन महीना पहिले वीमनपाका प्रमुख राजेशमान सिंहलगायतले अनुगमन गर्दा ठेकेदारलाई काम गर्न ताकेता गरिएको थियो। त्यसपछि ठेकेदारले पुलको स्ल्याप, ढलानको काम सम्पन्न गरिसकेको छ। पुलको एप्रोच सडकमा माटो पनि पुरिसकेको छ। तर ग्राभेलपछि कालोपत्र नगर्दा सो पुलबाट कष्टकररूपमा आवतजावत हुने गरेको बताइएको छ। पुलको वरपर धूलो छ, साइकल, मोटरसाइकल, अन्य हलुका सवारी साधन पल्टिने गरेकोले जोखिमपूर्ण यात्रा गर्न यात्री बाध्य छन्।

यस विषयमा रौनियारले पुलको पश्चिमपट्टि दुई–तीनवटा घर खाली गराउने सहमति भएको तर हालसम्म साइट क्लियर नहुँदा एप्रोच सडकलगायत उक्त सडकको काम हुन नसकेको बताए।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads