वीरगंज , पुष – ६
पोखरिया नगरपालिका–६ मा आइतबार आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनामा मोतिविन्दु फेला परेको छ। शिविर लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी र जोन चेयरपर्सन डा. लक्ष्मी थापाको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको हो।
राष्ट्रिय मुक्ति पार्टी नेपालका सह–महासचिव नेजामुद्दीन समानी र नेपाली कांग्रेसकी नेत्री आशा देवीको पहलमा भएको शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सहभागीहरूको आँखाको परीक्षण गरेका थिए।
शिविरमा परीक्षण गरिएकामध्ये ७५ जनामा मोतिविन्दु फेला परेको छ र उनीहरूको निशुल्क शल्यक्रिया गरिने आयोजक संस्थाले जनाएको छ।
गत मंसिर १७ गतेदेखि पोखरिया नगरपालिकाका १० वटै वडामा सञ्चालन भएका शिविरमा जम्मा २,६०० जनाको आँखा जाँच गर्दा ५७४ जनामा मोतिविन्दु भेटिएको लायन नरोत्तम पाण्डेयले जानकारी दिए।















