वीरगंज महानगरका विद्यालयमा ३ दिनका लागी बिदा

वीरगंज , पुष – ७

चिसो बढ्दै गएपछि वीरगंज महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा तीन दिनको जाडो बिदा दिएको छ ।

महानगरपालिकाका अनुसार आज सोमबारदेखि पुस ७ गतेदेखि पुस ९ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द रहनेछन् ।

तराई–मधेसमा पछिल्लो एक सातादेखि चिसो तीव्र बन्दै गएपछि जनजीवन प्रभावित भएको छ । हुस्सु र चिसो हावा बढेपछि बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्याला मजदुरी गर्नेहरू बढी प्रभावित भएका छन् ।

सम्बन्धित पोस्टहरुः