एनआइ कप: ज्ञानदा र ओम नेशनल एकेडेमी विजयी

पाँचौँ संस्करणको नेशनल इन्फोटेक अन्तरकलेज ट्वान्टी-ट्वान्टी क्रिकेट कप (एनआइ कप) अन्तर्गत चौथो दिनको खेलमा ज्ञानदा एकेडेमी र ओम नेशनल एकेडेमी विजयी भएका छन्।

पहिलो खेलमा ज्ञानदा एकेडेमीले अल्पाइन हाइ स्कुललाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जीत दर्ता गरेको छ ।

ज्ञानदाका कप्तान चन्दन रामले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच घोषित भए । टोलीका लागि चन्दन रामले अविजित ५३ रन बनाएका थिए भने प्रियांस सर्राफले ४९ रन योगदान दिए। बलिङमा चन्दन रामले ३ विकेट लिँदा प्रियांस सर्राफले २ विकेट लिए ।

दोस्रो खेलमा ओम नेशनल एकेडेमीले वीरगंज इन्स्टिच्युट अफ टेक्नोलोजी (बीआइटी) लाई ९ विकेटले पराजित गर्दै आफ्नो पहिलो जीत दर्ता गरेको छ । ओपनर जोडी रञ्जन पटेल र कुनाल मिश्रले ६४ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । बलिङमा आदील हवारीले ३ विकेट लिँदा दीपक पटेल, कुनाल मिश्र र कप्तान शेख सोहेल अख्तरले २/२ विकेट लिए ।

यी परिणामसँगै प्रतियोगितामा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका छन्।

सम्बन्धित पोस्टहरुः