वीरगंज , पुष – ७
सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायतका युवा सहभागी थिए।
प्रदर्शनकारीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेर वर्तमान राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिन सर्वपक्षीय सरकार आवश्यक भएको जनाएका थिए।
सुरक्षा व्यवस्था कडा गरिएको उक्त प्रदर्शनमा प्रहरीले केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिको संख्या र अवस्था बारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ।














