एक अस्पतालसहित चार औषधि पसल सिल

वीरगंज , पुष – ७
वीरगंजस्थित औषधि व्यवस्था विभागले सरकारको मापदण्ड उल्लंघन गर्दै दर्ता नहुने अवस्था सञ्चालनमा रहेका एक अस्पताल र चार वटा औषधि पसलमा कारबाही अघि बढाएको छ।

अनुगमनका क्रममा जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी (रामानन्द चौक), प्रशान्त मेडिकल हल (बजरङ्ग चौक), राघव सजिर्कल पसल (माछा बजार) र कम्युनिटी सभिर्स अस्पताल (वीरेन्द्र बजार) सिल गरी कारोबार रोक्का गरिएको विभाग प्रमुख शम्भु साहले जानकारी दिए ।

कार्यालयले निजी अस्पतालसहित कूल २४ औषधि पसलको अनुगमन गरेको थियो। त्यसमध्ये ११ पसलमा फर्मासिस्ट नहुँदा र आफैंले औषधि बिक्री वितरण गरेको पाइएपछि पहिलोपटक चेतावनी दिइएको छ ।

सम्बन्धित पोस्टहरुः