जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको १८औ साधारणसभा

वीरगंज, ८ पुस ।  जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको १८औ साधारणसभा सोमवार सम्पन्न भएको छ ।
संघ पर्साका अध्यक्ष हरेराम प्रसाद पटेलको अध्यक्षता सम्पन्न साधारणसभामा निवर्तमान अध्यक्ष राजेश पण्डित, वरिष्ठ उपाध्यक्ष जिष्णु बराल, उपाध्यक्ष नगनारायण सिंह महासचिव राजीव सरार्पm  सचिव नरेश चौरसिया कोषाध्यक्ष अरूण कुमार साह लगायतको सहभागिता थियो ।
साधारणसभामा वार्षिक आय ब्यय कोषाध्यक्ष अरूण कुमार साह, आर्थिक प्रतिवेदन लेखा सुपरिवेक्षण समिति अध्यक्ष मनोज गुप्ताले प्रस्तुत गरेका थिए । पहिले रू १ लाख ४४ हजारबाट बृद्धि गरि अहिलेसम्म शेयरपुजी  रू २१ लाख ७८ हजार ५००र रहेको र बचत रू १,२१,२७,९७१.५५ बाट वृद्धि गरि रू २,७८,२०,८३१.७१ बचत निक्षेप कायम रहेको ऋण लगानी रू १८,२९,४७०.२८ बाट वृद्धि गरि रू १,५५,५२,६१९.१८ पुगेको अध्यक्ष हरेराम प्रसाद पटेल जानकारी दिएका छन्।
सम्बन्धित पोस्टहरुः