नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

वीरगंज , पुष – ७

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख रामअशिष यादवले आज प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गरेका छन् । उनले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकको रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभामुख यादवले राजनीतिक दलबीच संवाद र सहकार्य बढाउने बताएका छन्। उनले समावेशिता, सुशासन, शिक्षा–स्वास्थ्य पहुँच, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रका चुनौतीलाई प्राथमिकताका साथ उठाउने पनि जानकारी दिए ।

उक्त अवसरमा उनले कार्यपालिकामाथि प्रभावकारी निगरानी, बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाहको गुणस्तर सुधारका लागि संसद्मा सशक्त भूमिका आवश्यक रहेको बताए । यादवले संविधान, कानुन र संसदीय नियमावलीको पालना गर्दै प्रदेशसभालाई लोकतान्त्रिक, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित पोस्टहरुः