वीरगंज ७ पौष । एनआइ कप अन्तर्गत पाँचौं दिनको पहिलो खेलमा ज्ञानदा एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो जित दर्ता गरेको छ।
नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा ज्ञानदाले कलैयास्थित बालएकता कलेजलाई ७८ रनले पराजित ग-यो ।
टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले निर्धारित १७ ओभरमा ४ विकेटको क्षतिमा १७२ रनको बलियो योगफल तयार ग¥यो। जय सर्राफले ३० बलमा ३ चौका र ४ छक्कासहित अविजित ५६ रनको अर्धशतकीय पारी खेले । प्रियांश सर्राफले २९ रन जोडे भने कप्तान चन्दन रामले १७ रन बनाए। बालएकताका बलरले २१ रन अतिरिक्त दिए । १७३ रनको विजय लक्ष्यसहित ब्याटिङमा उत्रिएको बाल एकता कलेज १६.५ ओभरमा मात्र ९४ रन बनाउँदै अलआउट भयो । करण साह तेलीले २१ र शिवकुमार कर्णले १६ रन बनाए ।
बलिङतर्फ ज्ञानदाका चन्दन राम र प्रियांश सर्राफले ३–३ विकेट लिए भने मुना यादवले २ विकेट हात पारे। मोहम्मद सहीन र विवेक प्रजापतिले १–१ विकेट लिए । बालएकताका आरिफ आलमले २ विकेट लिए।
यसअघि ज्ञानदाले आयोजक नेशनल इन्फोटेक कलेजलाई २६ रन र अल्पाइन हाई स्कुललाई ११७ रनले पराजित गरिसकेको छ।















