वीरगंज, ७ पुस । प्याब्सन टी–१० गल्र्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार छैटौं दिन पाँच वटा खेलहरू सम्पन्न भएका छन् ।
पहिलो खेल छात्रातर्फ सनलाइट सेकेन्डरी स्कुल र माउन्ट एडमन्ड सेकेन्डरी स्कुलबीच भयो, जसमा माउन्ट एडमन्डले १० विकेटको जित दर्ता ग-यो ।खेलकी प्लेयर अफ द म्याच स्मृति बुलन घोषित भइन् ।
जुनियर छात्रतर्फको दोस्रो खेलमा ब्लु हेभन स्कुल र नेशनल ओपन मोडल स्कुलबीच प्रतिस्पर्धा भएको थियो । खेलमा ब्लु हेभन स्कुलले ४७ रनले जित हात पा¥यो । यस खेलका प्लेयर अफ द म्याच सिद्धान्त पटेल घोषित भए ।
मिनिल्यान्ड सेकेन्डरी स्कुल र मनकामना सेकेन्डरी स्कुलबीच भएको तेस्रो खेलमा मिनिल्यान्डले मनकामनालाई १९ रनले पराजित ग-यो । खेलकी उत्कृष्ट खेलाडी प्रिमा थारू भइन् ।
चौथो खेल जुनियर छात्रतर्फ गुरूकुल एकेडेमी र सूर्याेदय सेकेन्डरी स्कुलबीच भएकोमा सूर्याेदयले ७ विकेटको जित दर्ता ग-यो । खेलका प्लेयर अफ द म्याच सोहाइल देवान बने ।
अन्तिम खेल छात्रातर्फ आचार्य एकेडेमी र लिटल एन्जेल्स सेकेन्डरी स्कूलबीच भएकोमा लिटल एन्जेल्सले ३३ रनको जित हात पा-यो । खेलको प्लेयर अफ द म्याच आदित्य कुमार साह घोषित भएका छन् ।















