राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले सन् २०८३ मा हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि परीक्षा फाराम खुला गरेको छ।
बोर्डका अनुसार नियमित तथा आंशिकतर्फका (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९–अन्तिमपटक, ८० र ८१ भएका) परीक्षार्थीले फाराम भर्न सक्नेछन्।
वार्षिक कार्यतालिका अनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाउनुपर्नेछ। तोकिएको अवधिमा फाराम भर्न छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन्।
शुल्क बुझाएको प्रमाणसहित भरेका फाराम माघ २५ गतेभित्र परीक्षा बोर्डमा बुझाइसक्न बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको छ।















