नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा कार्की निर्वाचित

जनकपूर , पुष – ८

धनुषाको जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन ।

प्रमुख निर्वाचन अधिकृत रोविन पोखरेलका अनुसार कार्यकारिणी उपाध्यक्षमा नवराज उपाध्याय र स्वप्ना पौडेल भण्डारी निर्वाचित भएका छन् भने सिनेटरमा विकेश लाल श्रेष्ठ र योगेश राजवंशी चयन भएका छन । यस्तै उपाध्यक्षमा मेनुका ओली, दिपेश बराईली, अमन महर्जन, खगेन्द्र भण्डारी, विदुर थापा, सुरेन्द्र श्रेष्ठ, एन्जिला खड्का, देबु बानियाँ, रुपकबहादुर विष्ट र सन्दिप भुषाल निर्वाचित भएका छन ।

नवनिर्वाचित अध्यक्ष कार्कीले नेपाल जेसिजलाई अझ सशक्त, समावेशी र परिणाममुखी संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

सम्बन्धित पोस्टहरुः