कांग्रेस र कम्युनिष्टको नीतिका कारण देश गम्भिर परिस्थितिमा फस्यो : अध्यक्ष महतो

वीरगंज , पुष – ८

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाली कांग्रेस र कम्युनिष्टको कारण देश गम्भीर परिस्थितिमा फसेको आरोप लगाएका छन । पर्सामा आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यकमलाई सम्बोधन गर्दै उने पुराना राजनीतक दलका कारण देश आर्थिक संकटमा फसेको बताए ।

कांग्रेस र कम्युनिष्टसंग दिक्क भएर जेनजीहरु (नव युवाहरु) आन्दोलन गरेको बताए । यसैगरी सह – महासचिव नेजामोद्दीन शमानीले देशका आर्थिक , प्रशासनिक , राजनीतक इत्यादि कुरामा प्रकास पारेका थिए ।

गिरधारी झाको नेतृत्वमा केहीको संख्यामा विभिन्न दल परित्याग गरी राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष महतोले स्वागत गरे ।

जिल्ला अध्यक्ष राजेश साहको अध्यक्षतामा भएको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्यहरू अनिरुद्ध प्रसाद कलवार, रेखा घिमिरे, गगनदेव प्रसाद कुर्मी र दिव्य प्रकाश चतुर्वेदीको उपस्थिति थियो ।

सम्बन्धित पोस्टहरुः